अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौँ आइपुगे

5 September, 2025

काठमाडौँ, भदौ २० गते । काठमाडौँ, भदौ १९ गते संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप १९ जना नेपाली बिहीबार साँझ काठमाडौँ आइपुगेका छन् । डिपोर्ट भएर नेपाल आउनेमा दुई महिला १७ पुरुष छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरेर थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाएको वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले जानकारी दिनुभयो । यसअघि अमेरिकाबाट विभिन्न चरणमा २१५ नेपाली डिपोर्ट भएर नेपाल आइसकेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024