अमेरिकाबाट ६ नेपाली निष्कासित

16 November, 2025

अमेरिकाबाट डिपोर्ट गरिएका ६ जना नेपाली नागरिक राति एयर इन्डिया (AI-211) उडानमार्फत दिल्ली हुँदै काठमाडौं आइपुगेका छन्। विमान शनिबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

डिपोर्ट भएकामध्ये चारजना दाङका, एकजना काठमाडौंका र एकजना बागलुङका रहेका छन्। उनीहरूलाई भिसा उल्लंघन तथा आप्रवासनसम्बन्धी अन्य कारणहरूका आधारमा अमेरिका सरकारले नेपाल फर्काएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026