अमेरिकाबाट शनिबार फेरि एक नेपाली डिपोर्ट

22 December, 2025

अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् ।

अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन ।

गत बिहीबार मात्रै ७५ जनालाई चाडर्ट विमानमार्फत् डिपोर्ट गरेर काठमाडौं ल्याइएको थियो ।

जसमा ३ महिला र ७२ पुरुष थिए । उनीहरूमध्ये २ जना भिजिट भिसामा गएका, एक जना पीआर नवीकरण नगरेका र बाँकी अवैध तरिकाले अमेरिका छिरेकाहरू छन् ।

बिहीबार डिपोर्ट भएका ७५ जना र शनिबार फर्केका १ गरी ७६ जना मध्ये अहिलेसम्म कसैले पनि जाहेरी नदिएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024