अनलाइन रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ

30 December, 2025

नेटवर्किङ व्यवसायमार्फत अनलाइन रोजगारीको नाममा रकम कमाउन सकिने भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-२१ का २६ वर्षीय श्रवणकुमार पटेल र कैलालीको लम्कीचुहा नगरपालिका-६ का ४७ वर्षीय विष्णुबहादुर रावल रहेका छन् ।

गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार उनीहरू दुवै जना काठमाडौँमा पक्राउ परेका हुन् ।

उनीहरूमाथि गुल्मीको धुर्कोट गाउँपालिका-३ हाडहाडे बस्ने २९ वर्षीया धनमाया नेपालीले २६ लाख ९६ हजार ६५२ रुपैयाँ ठगी गरेको उजुरी दिएकी थिइन् ।

सारुका अनुसार सोही उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै प्रतिवादीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको सारुले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026