३ महिनामा भित्रियो ५ खर्ब ५३ अर्ब रेमिट्यान्स

2 December, 2025

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा ३५.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो। चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो।

यस अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो।

यसैगरी, वस्तु निर्यात ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ। सो अवधिमा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024