सामाजिक सुरक्षा कोषमा दैनिक दुई सय श्रमिक जोडिँदै

27 January, 2022

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ। दैनिक करिब दुई सय श्रमिक कोषमा आबद्ध हुन थालेको कोषका सूचना अधिकारी रोशन कोजुले जानकारी दिए।

‘यस्तो संकटको समयमा यो संख्यामा श्रमिकहरु कोषमा सूचीकृत हुनु सकारात्मक कुरा हो। यो माघ महिनामा हालसम्म तीन हजार बढी आइसक्नु भएको छ,’ सूचना अधिकारी कोजुले सेतोपाटीसँग भने।

कोषमा मंसिरमा मात्रै पाँच हजार आठ सय श्रमिक सूचीकृत भएका थिए। पुसमा छ हजार दुई सय २३ जना श्रमिक कोषमा सूचीकृत भएका छन्।

माघ ११ गतेसम्म कोषमा जम्मा तीन लाख सात हजार छ सय २० श्रमिक सूचीकृत भएको कोषले जनाएको छ। यो अवधिमा १६ हजार चार सय १३ रोजगारदाता सूचीकृत भएका छन्। हालसम्म १२ अर्ब ३२ करोड योगदान रकम कोषमा जम्मा भएको छ। त्यस्तै कोषले विभिन्न शीर्षकअन्तर्गत ६६करोड ८३ लाख रुपैयाँ दावी भुक्तानी गरिसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024