सरकारले बुझ्यो नेपाली कामदारको अवस्था

23 March, 2020

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को फैँलदो प्रभावलाई मध्य नजर गर्दै सरकारले खाडी तथा अफ्रिकी मुलुकमा रहेका नेपाली कामदारको अवस्था बारे राजदूत तथा नियोग प्रमुखहरुसँग जानकारी लिएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सोमबार संयुक्त रूपमा सम्बन्धित मुलुकहरुमा राजदूत र नियोग प्रमुखहरुसँग विदेशमा रहेका नेपालीहरु कामदारहरुको अवस्था बारे जानकारी लिएका हुन्।

 मन्त्री ज्ञवालीका अनुसार भिडियो कन्फरेन्समार्फत् नेपालीहरुको वर्तमान अवस्था, सम्बन्धित मुलुकहरुमा भाइरसको फैँलदो र नियन्त्रणको ट्रेन्ड र सम्बन्धित सरकारले विदेशी नागरिकहरुलाई गरेको व्यवस्थाको बारेमा जानकारी लिएका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024