कतारस्थित नेपाली दूतावासले वैदेशिक रोजगारमा आउने नेपाली कामदारको श्रम स्वीकृति नरोकिएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले नेपालबाट आउन लागेका नेपालीहरुको श्रम स्वीकृति नरोकिएको जनाएको हो ।
श्रमस्वीकृति रोकिएको भन्ने भ्रम उत्पन्न भएपछि कतारमा कार्यरत नेपाली कामदारले घरबिदामा जाने वा नजाने विषयमा नेपाली दूतावासमा सोधपुछ गर्नेको संख्या बढेको थियो।
दूतावासले सरकारले श्रमस्वीकृतिबारे कुनैनिर्णय गरेमा दूतावासले यथाशिघ्र सूचना सम्प्रेषण गर्ने समेतउल्लेख गरेको छ।