श्रम-आप्रवासन क्षेत्रमा काम गर्ने कर्मचारीको क्षमता विकास गर्न समझदारी

30 June, 2025

श्रम तथा आप्रवासन क्षेत्रमा काम गर्ने स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता विकासका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भटासबीच समझदारी भएको छ।

शुक्रबार तीन पक्षबीच समझदारी पत्रमा हस्तारक्षर भएको हो।

श्रम तथा रोजगार क्षेत्रसँग समबन्धित प्रदेश तथा स्थानीय तहका प्रशिक्षण प्रतिष्ठानहरूको क्षमता अभिवृद्धि गरिने उल्लेख गरिएको छ।

समझदारीको उद्देश्य क्षमता विकासका लागि आवश्यक पाठ्यक्रम, तालिम र सामग्री विकास गर्ने रहेको उल्लेख गरिएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026