वैदेशिक रोजगार कसुरमा फरार तामाङ पक्राउ

10 February, 2020

तामाङलाई वैदेशिक रोजगार न्यायधिकरणले ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार अजय तामाङलाई पक्राउ गरेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२६ रानीबारीमा बस्ने ३७ वर्षीय तामाङलाई ब्यूराेले शुक्रबार पक्राउ गरेको हो ।

तामाङलाई भक्तपुर जिल्ला अदालतमार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको ब्यूरोले आइतबार विज्ञप्तिमार्फत जनाएको छ।

वैदेशिक रोजगार कसुरका तीन मुद्दामा वैदेशिक रोजगार न्यायधिकरणले ०७५ मंसिर २४ गतेतामाङलाई ४ लाख ५० हजार जरिवाना र ४ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि फरार तामाङलाई ब्यूरोले पक्राउ गरेर भक्तपुर जिल्ला अदालत मार्फत कारागार कार्यालय डिल्लीबजार पठाएको हो।

तामाङले आकर्षक वैदेशिक रोजगारमा जापान पठाइदिने भन्दै पैसा लिएको तर भने बमोजिम वैदेशिक रोजगारमा नपठाएको भन्दै उजुरी परेको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024