काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौं बस्दै आएका २९ वर्षीय राजेश बराम रहेका छन्।
उनले ४ जनाबाट ३७ लाख रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।