वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

23 June, 2025

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली घर भएर काठमाडौंमा बस्दै आएका ४२ वर्षीय सुवर्ण कुमार बल रहेका छन्।

प्रहरीका अनुसार उनले रोजगारीका लागि क्रोएसियामा लैजाने भन्दै ठगी गरेर फरार रहेका थिए।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रहरीले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024