राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमका लागि एक अर्ब ९९ करोड

30 May, 2025

सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ।

आगामी आर्थिक वर्षमा देशभित्रै रोजगारीका अवसर बढाउन बजेट बिनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए।

बेरोजगारी समस्या दीगो रूपमा समाधान गर्न सरकारले योजना अघि सारेको उनले बताए।

यसका लागि श्रम बजारको माग अनुसार युवाजनशक्तिको सीप र दक्षता विकास गरिने बजेटमा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024