युक्रेनमा रहेका नेपालीप्रति एनआरएनए चिन्तित

25 February, 2022

चिरन शर्मा 

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा रहेका नेपालीप्रति चिन्ता व्यक्त गरेको छ। संघका प्रवक्ता डिबी क्षेत्रीले  बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा पछिल्लो विकसित घटाक्रमको कारणले त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चिन्ता व्यक्त गरेका छन्। 

संघले त्यहाँ ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको  सम्पर्कमा रहेको जनाएको छ। संघले पछिल्लो विकसित घटनाक्रमबीच त्यहाँ रहेका सबै सकुशल रहेको जनाएको छ। युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेका छन्। 

संघले त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्थाको बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी  दिन आग्रह गरेको छ। साथै, युक्रेनमा रहेका सबै नेपालीहरुलाई आफू सुरक्षित रहन र त्यहाँको घटनाक्रम मूल्यांकन गरी आवश्यक परे स्वदेश फर्कन समेत संघको आग्रह छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024