मलेसियाले भन्यो-विदेशी सुरक्षा गार्डमा नेपालीको विकल्प छैन

12 February, 2020

 मलेसियाको गृह मन्त्रालयले विदेशी सुरक्षा (सेक्युरेटी) गार्डका रुपमा नेपाली कामदारमात्रै राख्न सकिने स्पष्ट गरेको छ ।

मलेसियाका लागि पाकिस्तानबाट १ लाखदेखि १ लाख ५० हजार जना सुरक्षा गार्ड ल्याउने तयारीबारे खबरहरु आइरहँदा त्यहाँको गृह मन्त्रालयले त्यसको खण्डन गरेको हो ।मन्त्रालयले स्थानीय व्यक्तिलाई नै सुरक्षा गार्डमा रुपमा राख्न सकिने भन्दै बरु स्थानीय सेक्युरेटी कम्पनीलाई त्यसका लागि प्रोत्साहित गरिने बताएको छ । समाचार अनुसार १ लाख २० हजार ७६७ स्थानीय व्यक्तिले सुरक्षा गार्डको तालिम पनि लिएका छन् । यसको उद्देश्य सरकारले सेक्युरेटी गार्डबारे बनाएको मापदण्ड पुरा गर्नु हो । मलेसियन सरकारले विदेशबाट सुरक्षा गार्ड ल्याउने नीति अस्थायी भएको बताउँदै आएको छ ।यस्तो स्थितिमा नेपालमा पाकिस्तानबाट सुरक्षा गार्ड लैजाने समाचार आएपछि नेपाली कामदारको रोजगारको बजार खोसिने चिन्ता प्रकट भइरहेको थियो ।

मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेशनसँग नेपालसँग मलेसियाले गरेको सुरक्षागार्डको सम्झौता बदलिएकाले त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी थिइन् । अब पाकिस्तानले चाहेजस्तो नहुने देखिएको छ । नेपालबाट पूर्वसेना वा पूर्वप्रहरीसहित आधारभूत तालिम लिएकाहरु पनि मलेसियामा सेक्युरेटी गार्डका रुपमा जाने गरेका छन् । मलेसियामा नेपाली सुरक्षा गार्डलाई निकै सकारात्मक रुपमा हेरिन्छ । मलेसियामा इमान्दार र बहादुर भनेर चिनिएका नेपालीको सट्टामा अरुलाई ल्याउने विषय मलेसियाका लागि असजिलो रहेको बुधबारको गृह मन्त्रालयको स्पष्टीकरणले पनि देखाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024