मलेसियामा एक नेपाली युवाको मृत्यु

13 May, 2018

मलेसियामा सवारी दुर्घटनामा एक नेपाली युवाको मृत्यु भएको छ । जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत सन्धिखर्क संखुवासभाका दावा छिरी शेर्पाको शुक्रबार बिहान करिब ३.१० बजेतिर गाडीले ठक्कर दिँदा मृत्यु भएको हो। 

 

ज्यापुडा नामक कम्पनी मातहतमा त्यहाँको एक सुपरमार्केटको सुरक्षार्थ खटिएका शेर्पा काम गरिरहेकै स्थानमा एकजना स्थानीयले चलाएको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनको निधन भएको उक्त कम्पनीमा कार्यरत दुर्गा गुरुङले जानकारी दिए ।

 

चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाउँदा अनियन्त्रित भइ उक्त दुर्घटना भएको बताइएको छ । शेर्पा करिब ४ वर्षअघि मलेसिया आएका थिए । उनको परिवारमा श्रीमती र तीन छोराछोरी रहेका जनाइएको छ । मृतक शेर्पाको शव पोस्टमार्टमको लागि स्थानीय अस्पतालमा राखिएको छ ।

 

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024