मजदुर मृत फेला 

23 June, 2025

सन्तोष रुचाल

धनकुटाको साँगुरीगढी गाउँपालिका– ८, ढुंगेमा एक मजुदर सुतेको ठाउँमा आज बिहान मृत फेला परेका छन्। उदयपुरको कटारी नगरपालिका– ११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर कोठाभित्र सुतेको अवस्थामा आज बिहान ५.४० बजेतिर मृत फेला परेका हुन् ।

उनी भेडेटार–आहाले–महाभारत भित्री सडकखण्डमा काम गर्ने मजदुर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बताए।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको प्रहरीले बताएको छ । मृत्युको कारण खुल्न सकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024