मजदुरलाई विशेष राहत देऊः देउवा

28 Mar, 2020

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘लकडाउन’बाट पर्न सक्ने असरलाई ख्याल गर्दै दैनिक ज्यालादारी गर्ने नागरिकलाई विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् । कोरोनाको संक्रमणलाई थप बढ्न नदिन सरकारले गरेको लकडाउन जायज भए पनि दैनिक ज्यालादारीमा निर्भर नागरिकलाई विशेष राहत दिनुपर्ने देउवाको माग छ ।

‘दैनिक ज्यालादारीमा निर्भर रहेका नागररिकलाई सरकारले तोकेको न्यूनतम ज्यालादरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु । दिनभर काम गरेर साँझ खाने वर्गलाई नै लकडाउनले सबैभन्दा बढी असर पु-याएको छ,’ विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, ‘न्यून आय भएका कर्मचारी, अन्य श्रमिक, बेरोजगार युवा तथा राजधानीलगायतका सहरी क्षेत्रमा डेरा गरेर बसेका विद्यार्थीलाई विविध ढंगले राहत पुग्ने गरी योजना र कार्यक्रम तत्काल निर्माण गर्न सरकारसँग माग गर्छु ।’

लकडाउनका कारण प्रायः सबै व्यवसाय बन्द हुँदा खुद्रादेखि ठूला व्यवसायीसम्मलाई असर पर्ने भन्दै २० लाखसम्म ऋण लिएकाको तीन महिनाको ब्याज पूरै मिनाहा गर्न र त्यसपछि ब्याजदर घटाउन देउवाले माग गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024