बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा, कतारमा र मलेसियामा उच्च सतर्कता

18 March, 2020

४ चैत, काठमाडौं । बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ ।

क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय कर्मचारी नै क्वारेन्टाइनस्थल पुगेका थिए । सल्मावादस्थित श्रमिक क्याम्पमा बस्दै आएका एक कामदारमा पनि कोरोनाको संक्रमण भेटिएपछि त्यहाँ कार्यरत नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार १८ मार्चबाट बहराइनमा पनि उडानहरु बन्द हुनेछन् । र, स्वदेशी राहदानीबहाक बाहेकलाई भिसा दिन बन्द गरिनेछ ।

कतारमा कडाइ

कतारस्थित नेपाली दूतावासले नेपाली कामदारहरुलाई देश निकाला (डिपोर्ट) गरिएको बारे बारे कतारसरकारसँग आधकिारिक जानकारी माग गरेको छ।

कोरोनको सतर्ककताका लागि दिाइएका निर्देशन पालना नगरेको भन्दै कतारबाट काकदार डिपोर्ट भएका थिए । दूतावासले त्यहाँको सरकारले बनाएका नियमहरु अक्षरस पालना गर्न नेपाली काादरहरुलाई आग्रह गरेको छ ।

दूतावासले कामदारको आवासीय क्षेत्रमा अनाधिकृत रुपमा पसल खालेर सामान विक्री भइरहेको भन्दै त्यस्ता पसलमा किनमेल नगर्न पनि सूचित गरेको छ । दूतावासले मंगलबार जारी गरेको सूचनामा कतारी सरकारले निषेध गरेका क्षत्रेमा नजान र भेला नहुने नेपालीहरुलाई अनुरोध गरेको छ ।

मलेसियामा पनि सतर्कता

मलेसियास्थित राजदूतावासले पनि कामदारहरुलाई सु-सूचित गर्दै मंगलबार सूचना जारी गरेको छ । दूतावासले मार्च १८ देखि मार्च ३१ तारिकसम्मका लागि अत्यावश्यक सेवा दिनेबाहेक सबै सरकारी कार्यालय बन्द हुने जानकारी दिएको छ ।

मलेसियाले आफ्ना नागरिकलाई देशबाहिर जान नदिएपनि नेपाली कामदारलाई स्वदेश फर्किन रोक नलगाएको दूतावासले जनाएको छ । विदेशबाट कसैलाई पनि देश आउन मलेसियाले रोकेको छ । दैनिक उपभोगका समान पाउने पलस, सुपरमार्केट, औषधी पसल, अस्पताल, यातायात, प्रहरी लगायतका अत्यावश्यक सेवा दिने निकाय खुला रहने सूचनामा उल्लेख छ ।

दूतावासले जमघट र भेला नगर्न नेपालीहरुलाई सूचित गरेको छ ।

यस्तै मार्च १९ देखि मार्च ३१ सम्म दूतावासबाट प्रदान गरिँदै आएको राहदानी नवीकरण, यात्रा अनुमति पत्र, मागपत्र प्रमााणीकरण लगायतका सेवा बन्द गरिने भएको छ । तर, अत्यावश्यकीय सेवाका लागि विहान १० देखि दिउँसो एक बजेसम्म दूतावास खुल्ला रहनेछ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024