बढाइएको ‘मेडिकल’ शुल्क फिर्ता हुनुपर्छ- वैदेशिक रोजगार व्यवसायी संघ

1 December, 2025

म्यानपावर व्यवसायीहरूको छाता संस्था वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्क बढेकोबारे ध्यानाकर्षण गराएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि गरिएको स्वास्थ्य संस्थाहरूको सूचीकृत प्रक्रिया शंकास्पद देखिएको संघले जनाएको हो।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै शुल्क बढाएका थिए।

यसअघि त्यस्तो शुल्क ६ हजार ५०० रूपैयाँ थियो। हाल शुल्क बढाएर तीन हजार बढाएर ९ हजार ५०० पुर्‍याइएको छ। बढेको शुल्क मंसिर १० गतेदेखि कार्यान्वयनमा आइसकेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024