नेपाली ‘केयर गिभर’ पठाउन इजरायलसँग श्रम सम्झौता गरिने

24 September, 2020

नेपालले इजरायलसँग श्रम सम्झौता गर्नका लागि त्यहाँका राजदूत अन्जान शाक्यलाई अख्तियारी दिएको छ।असोज ६ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।

त्यहाँका नागरिकसरह श्रमको सेवा सुविधा र संरक्षण पाउनेगरी केयर गिभरको रुपमा नेपाली नागरिकलाई इजरायल लैजानका लागि दुई सरकारबीच श्रम सम्झौता हुने उनले बताए।

यस्तै हाइटीमा हैजाको कारण भएको ठूलो क्षतिको पुर्नस्थापनाका लागि संयुक्त राष्ट्र संघले बनाएको कोषमा नेपाल सरकारले ५ हजार डलर सहयोग गर्ने निर्णय पनि गरेको छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024