निर्माणस्थलमा ढिस्को खस्दा कुबेतमा चार नेपालीको मृत्यु, तीन घाइते

13 February, 2020

उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।‘मुत्ला’ क्षेत्रमा भएको उक्त दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान भने खुलेको छैन।

घाइतेको उद्धार प्रक्रिया जारी रहेको अरब टाइम्समा उल्लेख गरेको छ । ढिस्कोमा पुरिएका सबै चिनियाँ कम्पनीका कामदार रहेको बताइएको छ । ढिस्कोमा पुरिएकाको तुरुन्तै उद्धार गरेपनि चारजनाको भने घटनास्थलमै मृत्यु भएको हो। गाडिएका ७ जनामध्ये चारजनाको घटनास्थल मृत्यु भएको हो । बाँकी रहेका घाइतेलाई स्थानीय समय अनुसार बुधबार बेलुका ५ बजे अस्पताल पुर्याइएको थियो ।

अरब टाइम्सका अनुसार निर्माणस्थलको ब्लक ५ ढल निर्माण गर्ने क्रममा ढिस्को खसेको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024