दुबई पठाइदिने भन्दै नौ जनाबाट १० लाख ठग्ने एक पक्राउ

17 March, 2020

दुबई पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति गोंगबुबाट पक्राउ परेका छन्।बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङ्गाका हाल काठमाडौं रानीवन बस्दै आएका ३८ वर्षीय शिव कुमार घर्ती मगरलाई महानगरीय अपराध महाशाखाले गोंगबु चोकबाट सोमबार पक्राउ गरेको हो।

उनले दुबईमा वर्किङ भिसामा आकर्षक तलब हुने भन्दै विभिन्न मितिमा ९ जना व्यक्तिहरूबाट १० लाख ५३ हजार एक सय लिई सम्पर्कविहीन भएका थिए।घर्ती मगरले ठगेर अलपत्र भएको भन्दै पीडित खगेन्द्र चौधरीले उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा महाशाखाले उनको खोजीतलासी गर्न थालेको थियो। प्रहरी टोलीले घर्ती मगरलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं टेकुमा थप अनुसन्धान तथा कारबाहीको लागि पठाएको महाशाखाले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024