टर्की र ग्रीस पठाउने भन्दै ३२ जनालाई ठग्ने पक्राउ

23 February, 2020

टर्की र ग्रीस पठाउने भन्दै ३९ लाख ५६ हजार ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मोरङ रतुवामाई नगरपालिका ६ बुधबारे स्थायी घर भएका चुच्चेपाटी बस्दै आएका ५२ वर्षीय कमल प्रसाद पोखरेललाई गत बिहीबार पक्राउ गरेको हो।

पोखरेलले वैदेशिक रोजगारका लागि टर्की र ग्रीस आकर्षक रहेको र वर्किङ भिसामा राम्रो कमाई हुने भन्दै ३२ जनाबाट जम्मा ३९ लाख ५६ हजार रुपैँया अशुलेर सम्पर्क विहीन भएका थिए।

उनले ठगेको भन्दै गोपीराम पराजुलीले गत माघ १२ गते महाशाखाको कार्यालयमा उजुरी दिएका थिए। उजुरीपछि महाशाखाबाट खटिएको टोलीले पोखरेललाई खोजतलास गर्ने क्रममा टेकुमा फेला पारी पक्राउ गरेको थियो।

प्रहरीले पक्राउ गरी वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागी पठाएको महाशाखाले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024