चेक रिपब्लिकमा जनवरी २४ मा राहदानी वितरण हुँदै

26 January, 2026

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले चेक रिपब्लिकमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण गर्ने भएको छ।

गत नोभेम्बरमा चेक रिपब्लिकमा सञ्चालित घुम्ती सेवा शिविरमार्फत राहदानी बनाउन आवेदन दिएकाको तयार भएको राहदानी वितरण गर्न लागिएको दूतावासले सूचनामार्फत जनाएको छ।

आगामी जनवरी २४ मा चेक रिपब्लिकको प्रागस्थित एभरेस्ट रेष्टुरेण्टमा १२ बजेदेखि ३ बजेसम्म राहदानी वितरण हुने सूचनामा उल्लेख छ। आफ्नो राहदानी संकलन गर्न आउँदा पुरानो (हाल प्रयोगमा रहेको) राहदानीसमेत लिएर आउन भनिएको छ।

एनआरएनए चेक रिपब्लिकको सहयोगमा दूतावासले राजधानी प्रागमा गत नोभेम्बर २२ र २३ तारिख दुई दिने घुम्ती शिविर सञ्चालन गरेको थियो।

बर्लिन दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले घुम्ती शिविरमा राहदानी बनाउन आवेदन दिएका चेक रिपब्लिकका १०३ जना नेपालीको राहदानी वितरण गर्न लागिएको जानकारी दिनुभयो।

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित, पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024