कोरोना संक्रमणको कारण देखाउँदै दूतावासले वुहानबाट शव नपठाउँदा दुई महिनादेखि परिवार विक्षिप्त छ

15 March, 2020

ओमानमा रहेको नेपाली राजदूतावासले कामदार मागपत्र प्रमाणीकरण काम स्थगन गरेको छ ।दूतावासले आज (आईतबार) एक सूचना जारी गर्दै अर्को सूचना नआए सम्मको लागि कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण कार्यहरु स्थगन गरेको जानकारी गराएको हो ।नेपाल सरकारल, नोभल कोरोना रोग रोगथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले श्रम स्विकृति स्थगन गर्ने निर्णय पछि दूतावासले पनि मागपत्र प्रमाणीकरणको काम स्थगन गर्ने निर्णय गरेको दूतावासको सूचनामा उल्लेख छ ।दूतावासले आजै अर्को सूचना जारी गर्दै यहाँ अहिलेको अवस्थामा कोरोनाको कारण आत्तिहाल्ने अवस्था नभए पनि ओमानमा रहेका नेपालीहरुमा आफ्नो स्वास्थ्यप्रति भने सचेत र सहज हुन अनुरोध गरेको छ ।साथै, केही दिनअघि मात्रै नेपाली दूतावास कतार, बहराइन र साउदी दूतावासले मागपत्र प्रमाणीकरणको काम स्थगन गरिसकेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024