कुर्दिस्तानमा दुई नेपालीको मृत्यु

1 April, 2026

इराकको कुर्दिस्तान क्षेत्रमा दुई नेपाली श्रमिकको मृत्यु भएको छ। मार्च २८ का दिन अर्बिल र सुलेमानी सहरमा उनीहरूको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ, इराकका अनुसार गोरखा जिल्ला धावा–३ तान्द्राङकी रिता भुजेल आफू बस्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनी करिब एक दशकदेखि कुर्दिस्तानको सुलेमानीमा कार्यरत थिइन्। उनको मृत्युको कारण खुलेको छैन भने सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

त्यस्तै, लमजुङ जिल्ला पाचोक दोर्दी–५ का लेखमान घलेको अर्बिलस्थित जुमुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी केही समयदेखि अस्वस्थ भई उपचाररत रहेको बताइएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024