ओमानबाट आज ४१ महिलासहित १ ७४ नेपाली स्वदेश फर्किए

16 September, 2020

काठमाडाैं भदौ ३० गते । विदेशमा असहज परिस्थितिका कारण स्वदेश फर्कने नेपाली नागरिकको क्रम जारी छ । ओमानबाट आज एक सय ७४ जना नेपाली स्वदेश फर्किएका छन् ।

ओमानको मस्कटस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार एक सय ३३ पुरुष र ४१ महिला नेपाल आएका हुन् ।

“नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७” मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने योजना अनुरुप सलाम एअरकोे छैटौँ चार्टर उडानमार्फत ओमानबाट स्वदेश फर्किएका हुन् ।

विमानस्थलमा ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली, दूतावासमा द्धितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, अनिल राना लगायतको उपस्थिति थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024