उद्यमशीलता विकास भयो भने रोजगारीका अवसर बढ्छन्: प्रधानमन्त्री

10 March, 2025

प्रधानमन्त्री केपीशर्मा ओलीले उद्यमशीलता विकासमा जोड दिनुपर्ने बताएका छन्।

सोमबार ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ घोषणा गर्दै ओलीले रोजगार प्रवर्द्धन दशक भनेको उद्यमशीलता वृद्धि दशक भएको बताए। यसले रोजगारीका अवसरहरू बढाउने पनि उल्लेख गरे‌।

नेपालीहरू विश्वका विभिन्न मुलुक पुगेर विकास निर्माणका काम गरिरहेको तर नेपालमा काम गर्न चाहिने जनशक्ति नभएको उनले उल्लेख गरे‌।

‘महँगी बढेको बढ्यै छ। तलब बढेको छैन। हाम्रा युवालाई प्रोत्साहन गर्ने हामीले हो,’ उनले भने।

सिप विकासमा जोड दिने र उत्पादनमूलक काममा युवाहरू परिचालन गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै उनले निजी क्षेत्रको महत्त्व असाधारण रहेको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024