आइएलओ र एनआरएनएबिच श्रमिकका क्षमता विकास लगायतमा सहकार्य गर्ने सहमति

27 August, 2025

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र गैर–आवासीय नेपाली संघ (एनआरएनए) बीच नेपाली आप्रवासी श्रमिकहरूको क्षमता विकास, आप्रवासनसम्बन्धी नीतिगत पैरवी तथा मानसिक स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ।

नेपालका लागि आइएलओका नेपाल कार्यालयका निर्देशक नुमान ओजकान र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष बद्री केसीले काठमाडौंस्थित एनआरएनएको कार्यालयमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

यस परियोजनाका लागि आइएलओले संघलाई आर्थिक सहयोग गर्नेछ र यो करिब ९ महिनासम्म सञ्चालन हुनेछ।

यसअघि कोभिड–१९ महामारीका कारण प्रभावित आप्रवासी श्रमिकहरूको सहयोग तथा उद्धारका लागि आइएलओले संघलाई १० करोड रुपैयाँ सहयोग गरेको थियो।

संघले कोभिडको समयमा गरेको कार्यको सकारात्मक मूल्याकंनका आधारमा नयाँ परियोजना अघि सारिएको एनआरएनए अध्यक्ष बद्री केसीले बताए।

‘आप्रवासी श्रमिकको समस्या जटिल र गम्भीर भएकाले व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको र बाह्य स्रोतको खोजी आवश्यक छ,’ केसीले भने, ‘यही उद्देश्यले सुर” गरिएको यो सहकार्यलाई निरन्तरता दिनु संघको अभियानमा अर्को महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024