अमेरिकाले थप ७ नेपालीलाई गर्‍यो निष्कासन

14 May, 2025

काठमाडौं : अमेरिकाले थप ७ नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा डाँगी, ओली, रोका मगर, खत्री, गौतम, तिवारी र केसी थरका एक-एक जना रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको स्रोतले जानकारी दिएको छ। उनीहरू सबैलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको हो।

उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आएका थिए। अमेरिकी अध्यागमनले उनीहरूलाई नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको हो।

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीति लागू भएपछि नेपालीहरू निष्कासनमा पर्ने क्रम बढेको छ। स्रोतका अनुसार निष्कासनमा परेका नेपालीहरू प्रत्येक साता काठमाडौं अवतरण गर्ने गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024