अफ्रिकामा २२ नेपाली कोरोना संक्रमित, एकको मृत्यु

4 August, 2020

अफ्रिकामा कामको सिलसिलामा रहेका २२ जना नेपाली कोरोना संक्रमित भएका छन् भने १ जनाको मृत्यु भएको छ। दक्षिण अफ्रिकाको जोहन्सबर्गमा कार्यरत एक नेपालीको निधन भएको हो। पाँचथ घर भएका ३४ वर्षिय युवाको उपचारको क्रममा मृत्यु भएको हो।  

संक्रमित मध्ये १० जना कोरोना मुक्त भएर घर फर्केको जनकारी आएको एनआरएनका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जानकरी दिए। ११ जना भने उपचारमै रहेका छन्। साउथ अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा रहेका नेपाली संक्रमित भएका हुन्। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024