टिपर दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५ लाख

10 July, 2018

सरकारले मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको परिवारलाई ५ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने घोषणा गरेको छ । 

 

प्रतिनिधिसभामा सोमबार गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई राहतस्वरूप ५ लाखका दरले आर्थिक सहायता दिने निर्णय भएको जानकारी दिए। मुस्ताङको स्याङ्बोचेमा शुक्रबार टिपर दुर्घटनामा परी कालीगण्डकी करिडोर निर्माणमा संलग्न २० मजदुरको मृत्यु भएको थियो। दुर्घटनामा चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङ्जाका १, ओखलढुंगाका १, कपिलवस्तुका १ र कैलालीका १ जनाको मृत्यु भएको थियो।

 

गृहमन्त्री थापाले घटनामा घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताए।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024