दिल्लीमा नेपाली युवती बलात्कृत

27 August, 2014

दिल्लीको दक्षिण-पश्चिम क्षेत्रस्थित मेहरौलीमा १९ वषर्ीया नेपाली युवतीलाई ५ युवकले सामूहिक बलात्कार गरेका छन्। गत आइतबार रातिको यो घटनाबारे नेपाली दूतावासका अधिकारीले मेहरौली प्रहरी निकायसँग सम्पर्क गर्दा बलात्कारमा संलग्नमध्ये ३ युवक र एक एजेन्ट महिला पक्राउ परेको जानकारी गराएका छन्। काठमाडौं मूलघर भएकी र कामको सिलसिलामा दिल्ली आएकी युवतीलाई जागिर लगाइदिने प्रलोभन देखाएर दार्जिलिङ मूलघर भएकी महिला एजेन्टले मेहरौलीस्थित एक घरमा आइतबार साँझ लगेकी थिइन्। त्यहाँ रहेका ५ युवकले सामूहिक बलात्कार गरेको भन्दै पीडित युवतीले सोमबार बिहान ५ बजे मेहरौलीस्थित प्रहरी चौकीमा उजुरी गरेकी हुन्। नेपाली दूतावासमा सुरक्षा मामला हेर्ने काउन्सिलर राजेन्द्रमान श्रेष्ठले यो घटनामा संलग्न अरू अभियुक्तसमेत पक्राउ पर्ने क्रममा रहेको जानकारी स्थानीय सुरक्षा निकायले आफूलाई दिएको बताए। बलात्कारको मुद्दा मंगलबार स्थानीय जिल्ला अदालतमा दर्ता भएको छ। 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024