कुवेत, बहराइन, ओमान र कतारमा पनि सिन्डिकेट प्रयास भइरहेको संघको दाबी

6 October, 2026

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले मलेसियासँगै अन्य श्रम गन्तव्य मुलुकहरूमा पनि सिन्डिकेट लागू गर्ने प्रयास भइरहेको बताएका छन्।

सोमबार पत्रकार सम्मेलनमा पत्रकारहरूसँगको छलफलका क्रममा अध्यक्ष खत्रीले कुवेत, बहराइन, ओमान र कतारमा पनि मलेसियाको जस्तै सिन्डिकेट प्रयास भइरहेको बताएका हुन्।

अहिले मलेसियाको एफडब्लुसिएमएस प्रणाली विवादमा छ।

यसमा सिमित म्यानपावर कम्पनी सूचीकृत गरेर सिन्डिकेट गर्न खोजिएको भन्दै म्यानपावर व्यवसायीहरूले चौतर्फी विरोध गरिरहेका छन्।

मलेसियाले एफडब्लुसिएमएस प्रणालीमा २५ वटा मुख्य कम्पनी र ती कम्पनीको रोहबरमा रहने गरी थप २५० कम्पनी सूचीकृत गरेको छ।

सूचीकृत कम्पनीबाट मात्रै श्रमिक भर्ना गर्ने उल्लेख गरेको छ।

नेपालमा एक हजार हाराहारि म्यानपावर कम्पनी कानुन अनुसार सञ्चालनमा छन्।

सबैले समान रूपमा मलेसिया लगायत सबै गन्तव्य मुलुकमा श्रमिक पठाउन पाउनुपर्ने व्यवसायीहरूको तर्क छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026