जापान पठाउने भन्दै ठगी, ७ मुद्दामा १ करोड ३५ लाख ठगीमा समातिए एक युवा

1 October, 2026

वैदेशिक रोजगारीमा जापान पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–१ घर भएका २६ वर्षीय दीपबहादुर तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनी नीम इजुकेशन कन्सल्टेन्सीका सञ्चालक रहेको प्रहरीले बताएको छ ।

जापान पठाउने भन्दै उनले १५ जनाबाट १ करोड १ लाख लिई ठगी गरेको पाइएको छ । त्यसैगरी ६ वटा बैैंकिङ कसुरको मुद्दामा ३४ लाख ६५ हजार ठगी गरेको खुलेको छ । पक्राउ परेका उनलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024