रोजगारीका लागि रसुवा पुगेका झापाका १२ जना बाढीपछि सम्पर्कविहीन

31 August, 2026

रसुवा बाढीपछि हालसम्म सम्पर्कमा नआएका १२ जनाको खोजतलास र पहिचानका लागि झापा जिल्ला प्रहरी कार्यालयले आज विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा मेचीनगर नगरपालिका–६ का ४२ वर्षीय दीपक खरेल, कनकाई नगरपालिका–३ का ३८ वर्षीय घनश्याम भट्टराई, इलाम स्थायी घर भई झापा बस्दै आएका ३१ वर्षीय विनोद राई, शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय भक्तबहादुर राई छन्।

त्यस्तै, गौरीगन्ज गाउँपालिका–३ का ३९ वर्षीय चुड्का टुडु, दमक नगरपालिका–१० का २६ वर्षीय सुलाल मुर्मु, गौरीगन्ज गाउँपालिका–३ का २८ वर्षीय केवलनाथ आचार्य, २८ वर्षीय ट्रक चालक नवीन श्रेष्ठ र कनकाई नगरपालिका–२ का ५६ वर्षीय लक्ष्मण गुरुङ, बुद्धशान्ति गाउँपालिका–२ का ३६ वर्षीय राजकुमार दियाली, ३० वर्षीया श्रुति दियाली र चार वर्षीय श्रीराज दियाली सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएकामध्ये अधिकांश माथिल्लो त्रिशूली–१ लगायतका जलविद्युत् आयोजना, सुरुङ तथा टिमुरे क्षेत्रमा कार्यरत रहेको जानकारी दिइएको छ।

आफन्त तथा स्थानीय प्रशासनले उनीहरूका बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा परिवारका सदस्यहरूलाई खबर गरिदिन अनुरोध गरेका छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024