एकीकृत भन्सार कार्यालयको निर्माणाधीन क्षेत्रबाट ४७ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन

31 August, 2026

रसुवागढी नाकामा गएको विनाशकारी बाढी तथा पहिरोका कारण एकीकृत भन्सार कार्यालयको निर्माण स्थलबाट ४७ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

सहरी विकास तथा भवन निर्माण विभाग, सघन सहरी तथा भवन निर्माण आयोजना (धादिङ) अन्तर्गत रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार कार्यालयको काम गरिरहेको रविना/श्याम सुन्दर जे.भी. ले जिल्ला प्रशासन कार्यालय, रसुवालाई पत्र लेख्दै ४७ जना सम्पर्कविहीन रहेको एकाउन्टेन्ट राजेन्द्र सापकोटाले जानकारी दिए।

भदौ १० गते आएको बाढी-पहिरोले निर्माणाधीन संरचना, भवन, उपकरण तथा निर्माण सामग्री पूर्ण रूपमा बगाएको र क्षति पुर्‍याएको छ।

सो क्रममा निर्माण कार्यमा खटिएका ६ जना कर्मचारी र ४१ जना कामदार गरी कुल ४७ जना सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेहरूमा प्रोजेक्ट इन्जिनियर गणेशमणी श्रेष्ठ, इन्जिनियर मुकेश चौधरी, सब-इन्जिनियर खिलनाथ (दिनेश), सुपरभाइजर सन्तोष थारु (चौधरी), एकाउन्टेन्ट मोडामणी नेपाल र इस्काइभेटर अपरेटर जनककुमार पुनमगर लगायत अन्य ४१ जना कामदारहरू रहेका छन्।

हालसम्म उनीहरूको अवस्था यकिन हुन नसकेकाले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रहरी तथा आवश्यक उद्धार टोली तत्काल परिचालन गरी खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन निर्माण कम्पनी रविना/श्याम सुन्दर जे.भी. ले आग्रह गरेको छ।

हराएका कर्मचारी तथा कामदारहरूको विवरण:

कर्मचारीहरू:
१) गणेशमणी श्रेष्ठ (प्रोजेक्ट इन्जिनियर)

२) मुकेश चौधरी (इन्जिनियर)

३) खिलनाथ (दिनेश) – सब इन्जिनियर

४) सन्तोष थारु (चौधरी) – सुपरभाइजर

५) मोडामणी नेपाल – एकाउन्टेन्ट

६) जनककुमार पुनमगर – इस्काइभेटर अपरेटर

कामदारहरू:
७) पञ्चराम थारु (चौधरी)

८) पदम थारु (चौधरी)

९) विकास थारु (चौधरी)

१०) नरेन्द्र थारु (चौधरी)

११) सुवित (सविन) थारु (चौधरी)

१२) सर्वेश थारु (चौधरी)

१३) श्याम थारु (चौधरी)

१४) आदित्य भगोरि‍या थारु (चौधरी)

१५) सिसन थारु (चौधरी)

१६) राज दिप थारु (चौधरी)

१७) उदिए थारु (चौधरी)

१८) सुरेन्द्र थारु (चौधरी)

१९) मनोज भगोरि‍या थारु (चौधरी)

२०) सन्तोष न्यौपाने

२१) सुरेन थारु (चौधरी)

२२) अरविन थारु (चौधरी)

२३) जगत थारु (चौधरी)

२४) डुडित दहित थारु

२५) बाल कुमार थारु (चौधरी)

२६) उमेश थारु चौधरी

२७) कृष्ण बहादुर थापा मगर

२८) राजु थारु (चौधरी)

२९) प्रदिप थारु (चौधरी)

३०) फलाम सिङ सुनार

३१) मनि कर्ण राई

३२) खुसीराम थारु (चौधरी)

३३) सिरिम थारु (चौधरी)

३४) अमिस थारु

३५) सुरेश थारु

३६) सुस्मी थारु

३७) रन्जित कटुवाल

३८) विष्णु भण्डारी

३९) मगर (मगर भाई)

४०) अन्य नाम नखुलेका कामदारहरू (८ जना)

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024