राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि कोरियन भाषा परीक्षाको आवेदनको समय बढाइयो

31 July, 2026

राहदानी विभागमा पासपोर्ट बनाउनेको भीड बढेपछि कोरियन भाषा परीक्षाको आवेदनको समय पनि बढाइएको छ। ईपीएस कोरिया शाखाले आज सूचना जारी गरेर साउन २० गतेसम्म आवेदनको समय तोकेको हो।

शाखाले २ दिन थप गरेको जनाएको छ। राहदानी विभागमा परेको अत्यधिक चापलाई न्यूनीकरण गर्न र योग्य तथा इच्छुक कुनै पनि नागरिक दरखास्त फाराम भर्नबाट बञ्चित हुन नदिन समयसीमा थप गरिएको कार्यालयले जनाएको छ।

हाल राहदानीको म्याद समाप्त भइसकेका आवेदकहरूले पनि दरखास्त प्रणालीमा सोही म्याद सकिएको राहदानीको विवरण प्रविष्टि गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

भाषा तथा सीप परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फाराम भर्ने समयसम्ममा बहाल रहेको (म्याद बाँकी भएको) राहदानी पेश गरे हुने व्यवस्था मिलाइएको छ।

राहदानी विभागले पनि ईपीएस फर्म भर्नका लागि पासपोर्ट बनाउनेको भीड लागेको भन्दै शनिबार र आइतबार पनि सेवा दिने जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024