वैदेशिक रोजगारीकाे नाममा ३९ लाख रुपैयाँ ठगी, दुईजना पक्राउ

6 July, 2026

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पन्तले आयरल्यान्ड पठाइदिने भन्दै एजनाबाट १६ लाख रुपैयाँ ठगी गरेका थिए। यस्तै, खत्रीले दुबई पठाइदिने भन्दै ६ जनाबाट २३ लाख रुपैयाँ असुलेको आरोप छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024