अङ्ग्रेजी भाषा परीक्षामा थोरै मात्र उत्तीर्ण

23 June, 2026

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली स्वास्थ्य सहायक (केयरगिभर) लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षामा एक हजार दुई सय जना मात्रै उत्तीर्ण भएका छन् । केयरगिभरका लागि आवेदन दिएका १५ हजारभन्दा बढी आवेदकमध्ये एक हजार २३१ जना मात्रै पास भएका हुन् ।

केयरगिभरको आवेदन दिनका लागि भाषा परीक्षाको स्पिकिङमा ‘बी वान’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था छ । सोही अनुसार त्रिपुरेश्वरमा सिआइआइएन इन्टरनेसनल क्वालिफिकेसनमार्फत अङ्ग्रेजी भाषा परीक्षा लिइएको थियो । जसमा १५ हजार ६२६ जनाले भाषा परीक्षा दिएकामा उत्तीर्ण हुने ७.८ प्रतिशत मात्र छन् ।वैदेशिक रोजगार विभागले न्यून सङ्ख्यामा अङ्ग्रेजी भाषा परीक्षा पास भएको प्रतिवेदन आएको जनाएको छ । इजरायलले दुई हजार तीन सय केयरगिभरका लागि आवेदन माग गरेको थियो । त्यसका लागि बी वान तहको अङ्ग्रेजी भाषा पास गरेको प्रमाणपत्र अनिवार्य गरेको थियो ।

मागभन्दा कम मात्रै भाषा परीक्षामा पास भएपछि अब के गर्ने भन्ने विषयमा विभागले छलफल थालेको छ । यसअघि २०८१ लगिएका केयरगिभरको हकमा ब्रिटिस काउन्सिलबाट अङ्ग्रेजी भाषा परीक्षा लिइएको थियो ।

यस पटक इजरायलस्थित पीवाले नै तोकेर सिआइआइएन इन्टरनेसनललाई जिम्मेवारी दिइएको थियो । सोही अनुसार प्रतिआवेदकबाट पाँच हजार रुपियाँ शुल्क लिएर अङ्ग्रेजी भाषा परीक्षा लिइएको थियो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024