ओमान जाने महिलाको पासपोर्टमा कुवेतको भिसा !

19 June, 2026

भिजिट भिसामा ओमानको राजधानी मस्कट जान लागेका २७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथमा रहेको पासपोर्टमा कुवेतको भिसा लगाइएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा कुवेत जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ। सरकारले कानुनी रूपमा जान नदिए पनि विभिन्न अवैध माध्यम हुँदै हजारौं नेपाली महिला कुवेतमा घरेलु कामदारका रूपमा कार्यरत छन्।

ओमानको राजधानी मस्कट जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

प्रारम्भिक अनुसन्धानका क्रममा ओमान जाने बहानामा ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागिएको पाइएको छ।

बुधबार मानव बेचबिखन गर्ने गिरोहले उनीहरूलाई विदेश लैजान लागेको भन्ने विशेष सूचना पाएपछि विमानस्थल सुरक्षा प्रहरी कार्यालयले ती महिलाहरूलाई विदेश जानबाट रोकेको थियो। त्यसपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाइएको छ।

अहिले ती महिलाहरूमाथि सोधपुछ गरेर अनुसन्धान अघि बढाइएको छ। अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा ओमान जाने बहानामा ती महिलाहरूलाई भिजिट भिसामा कुवेत लैजान लागिएको पाइएको छ। यसरी महिलाहरूलाई अवैधरूपमा विदेश लैजाने गिरोहबारे अनुसन्धान सुरु भइसकेको प्रहरीको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024