मजदुर कुटेको आरोपमा एकजना पक्राउ

30 June, 2026

Aananda Gautam

पाथीभरा याङवरक गाउँपालिकामा मजदुरमाथि कुटपिटको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

गाउँपालिकाको भवनमा काम गर्न आएका विकास लामालाई कुटपिट गरेको आरोपमा ४० वर्षीय तेजविर सुब्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

सुब्बा पाथीभरा याङवरक गाउँपालिका-२ थेचम्बु निवासी हुन् । आल्मुनियमको काम गर्न आएका दुई मजदुर एकापसमा झगडा गरेका र तामाङलाई नियन्त्रणमा लिई गाडीमा चढाउने क्रममा बल प्रयोग भएकोे भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले प्रहरी निरीक्षक यादवकै नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024