भक्तपुरको चाँगुनारायण नगरपालिका– ८, मञ्जुश्री गुम्बानजिक आज साँझ ढलान सकेर भक्तपुरतर्फ फर्किँदै गरेको ट्रयाक्टर पल्टिँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।
दुर्घटना भएको ट्रयाक्टर पल्टिएर मजदुर च्यापिँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
आज कलमसीस्थित एक होटेलमा साँझ ढलान सकेर १२ जना मजदुर बोकेर फर्कँदै गरेको ट्रयाक्टर ब्रेक फेल भई दुर्घटना हुँदा घाइते भएका मजदुरहरूको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
घटनापछि स्थानीय र प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाएका थिए ।
मृतक:
जिल्ला सिन्धुली भिमान नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौंसिनामङ्गल बस्ने वर्ष २६ को हेम बहादुर नेपालीको उपचारको क्रममा ऐ.२०:१२ बजे मृत्यु भएको ।
जिल्ला भोजपुर दिम्ला नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौं सिनामङ्गल बस्ने वर्ष ३२ को विजय राईको उपचारको क्रममा ऐ.२०:२६ बजे मृत्यु भएको ।
घाइते:
जिल्ला काभ्रे पाँचखाल नगरपालिका वडा नं. २ घर भइ हाल काठमाडौं टोखा बस्ने वर्ष २८ को राजन श्रेष्ठ ।
जिल्ला रामेछाप खाडादेवी गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३२ कि सन्तोषी दर्लामी ।
जिल्ला सप्तरी खडक नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २२ को संजीव सरदार ।
जिल्ला सप्तरी कमलामाई नगरपालिका वडा नं. १० घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ को दिल कुमार पास्वान ।
जिल्ला सुनसरी इटहरी नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष ३५ को किरण कुमार चौधरी ।
जिल्ला भोजपुर देवानटर गाउँपालिका वडा नं. २ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ४५ की सानु राई ।
जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३२ कि रुबी ठाकुर ।
जिल्ला ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. ४ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३० कि कविता राई ।
जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. १ घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २७ को कुमार राउत ।
जिल्ला मकवानपुर मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भइ हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३४ कि रश्मी वाइबा ।