सामाजिक सुरक्षा कोषमा २ हजार रोजगारदाता थपिँदा २९ अर्ब बढ्यो आकार

28 May, 2026

चालु आर्थिक वर्षमा फागुनसम्म सामाजिक सुरक्षा कोषमा २ हजार २ सय २९ रोजगारदाता थपिएका छन् । कोषमा नयाँ दर्ता भएका रोजगारदाता मार्फत करिब २९ अर्ब योगदान देखिएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक क्षेत्रका ६ लाख ८५ हजार ४ सय ८७, वैदेशिक रोजगारमा रहेका २१ लाख ६४ हजार १ सय ५९, अनौपचारिक क्षेत्रका ९०४ र स्वरोजगार क्षेत्रका ८३२ गरी २८ लाख ५१ हजार ३ सय ८२ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म औपचारिक तथा अनौपचारिक क्षेत्र, वैदेशिक रोजगार र स्वरोजगार क्षेत्रमा कार्यरत गरी थप ४ लाख ७१ हजार ८ सय ३ श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ५ लाख ८७ हजार ४ सय ६४ रहेको थियो ।

२०८२ फागुनसम्म २३ हजार २ सय १० रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । संख्याको हिसाबले बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा न्यून रोजगारदाता तथा योगदानकर्ता सूचीकृत भएका छन् ।

चालु आर्थिक वर्षको फागुनसम्म थप २ हजार २ सय २९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो थप संख्या एक हजार ७ सय ६६ थियो ।

कोषमा २०८२ फागुनसम्म एक खर्ब ४ अर्ब २२ करोड रकम संकलन भएको छ । २०८१ फागुनसम्म कोषमा ७५ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको थियो ।

फागुनसम्म १० लाख ५३ हजार २८ योगदानकर्ताको करिब १९ अर्ब २४ करोड दाबी भुक्तानी भएको छ । चालु आवको फागुनसम्म २ लाख ९४ हजार ८ सय ५९ योगदानकर्ताको करिब ३ अर्ब ४८ करोड दावी भुक्तानी भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024