इजरायलमा तीन हजारभन्दा बढी नेपाली श्रमिकको माग

28 May, 2026

इजरायलका दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा सहायक श्रमिकका रूपमा काममा जानका लागि दुई हजार तीन सय जना नेपाली श्रमिक माग भएको छ । नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलमा केयरगिभरमा सहायक श्रमिकका रूपमा कार्य गर्न इच्छुक नेपाली नागरिकका लागि आवेदन माग गरेको हो ।

विभागका अनुसार तेस्रो चरणमा इजरायल केयरगिभरमा जान माग गरिएको कोटामा कुल सङ्ख्याको ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट गरिने छ । छनोट भएका श्रमिकले इजरायलमा मासिक छ हजार ४४३.८५ इजरायली सेकेल (करिब तीन लाख ४७ हजार रुपियाँ) तलब पाउने उल्लेख छ । यसबाहेक ओभरटाइम, वार्षिक बिदा, खाना तथा बसोबाससम्बन्धी सुविधा पनि उपलब्ध हुने इजरायलले जनाएको छ । सम्झौताबमोजिम सुरुमा एक वर्षको रहने र बढीमा पाँच वर्षसम्म थप गर्न सकिने उल्लेख छ ।

२०७७ असोज १४ गते इजरायलका लागि नेपाली राजदूत र इजरायलका परराष्ट्र मन्त्रायलबिच श्रम सम्झौता नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता सम्पन्न भएको थियो । हालको युवा, श्रम तथा रोजगार मन्त्रालय र साबिकको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७८ जारी गरिसकेको छ ।

उक्त निर्देशिकामा गरिएको व्यवस्था भए अनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा स्वयम् श्रमिक आफैँले बेहोर्नुपर्ने व्यवस्था गरिएको छ । जबकि नेपाल र इजरायल सरकारबिच भएको सम्झौतामा नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024