रुट इन्ड्रस्टीतर्फ अन्तर्वार्ता दिने नेपालीको सूची तयार, दाबी विरोध गर्न ३ दिनको समय

26 May, 2026

कोरियाले रुट इन्ड्रस्टीको वेल्डिङ क्षेत्रमा कामदार लैजानका लागि सर्ट लिस्टिङ (संक्षिप्त सूची) प्रकाशन गरेको छ।

ईपीएस कोरिया शाखाले आज संक्षिप्त सूचीमा समावेश ९२ जनाको नाम प्रकाशन गरेको हो। गत चैत ३ देखि ८ गतेसम्म आवेदन दिएकाहरूमध्ये उच्च अंक ल्याई दोस्रो चरणको अन्तर्वार्ताका लागि उनीहरूको नाम समावेश भएको हो।

संलग्न सूची बमोजिमको नामावलीमा कसैको कानुन बमोजिम कुनै दाबी विरोध भए सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र प्रमाण सहित उपस्थित भई वा यस शाखाको इमेलमा दाबी विरोध पेश गर्न सकिने छ।

कुनै दावी विरोध नपरेमा यसै संक्षिप्त सूचीलाई नै अन्तरवार्ताको लागि पठाइने शाखाले जनाएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024