इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा

16 April, 2026

इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा भएका छन्। उनलाई इरानले आज (बुधबार) रिहा गरेको इरानी अवैतनिक वाणिज्यदूत नरेश श्रेष्ठले जानकारी दिएका छन्।

रास्वपाका सांसद राजीव खत्रीका अनुसार कब्जामा भएको जानकारी पाएदेखि आफू अमृतको दिदी र अवैतनिकदूत श्रेष्ठसॅंग सम्पर्कमा रहेको बताए। अब अमृतलाई नेपाल कसरी ल्याउने भन्ने तयारी भइरहेको पनि श्रेष्ठले जानकारी गराएको उनले बताए।

यसअघि यसरी नै हमासको क’ब्जामा परेका विपीन जोशीले आफ्नो देशको उपस्थिति नदेखेको तर आज अमृतले त्यो भोग्नु नपरेको उनको भनाइ छ।

इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए। दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर दुबई फर्किने क्रममा नियन्त्रणमा लिइएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024