रोजगारीमा जाने घटे

3 April, 2026

चालु आर्थिक वर्ष २०८२-८३ को आठ महिना (साउनदेखि फागुन) सम्ममा रेमिटेन्स १४ खर्ब नाघेको छ।

गत आर्थिक वर्ष २०८१-८२ को यही अवधिमा भने १० खर्ब ५२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।

गत आर्थिक वर्षको तुलनामा रेमिटेन्स ३७.६६ प्रतिशतले बढेको हो।

फागुन एक महिनामा मात्रै एक खर्ब ८८ अर्ब रेमिटेन्स भित्रिएको हो। माघ एक महिनामा भने एक खर्ब ९८ अर्ब रूपैयाँ भित्रिएको थियो।

साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।

आठ महिनामा आठ अर्ब ७० करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ६ अर्ब ६२ करोड रूपैयाँ बाहिरिएको थियो।

यो आठ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या पनि १.६७ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको यही अवधिका पाँच लाख ३४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या पाँच लाख २५ हजार यस्तो स्वीकृति लिएका छन्।

फागुनमा मात्रै वैदेशिक रोजगारीको लागि अनुमति लिनेको संख्या ५३ हजार छ।

इरान र इसराइलमा जारी द्वन्द्वको कारण वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो।

चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024