कुवेतबाट देश निकालामा परेका नेपालीलाई विशेष विमानबाट ल्याइयो  

2 April, 2026

कुवेतबाट विभिन्न कारणले देश निकालाको निर्णय भएका नेपालीहरूलाई बुधबार ल्याइएको छ । हाल कुवेतको हवाई क्षेत्र तथा कुवेत–काठमाडौं नियमित हवाई सेवा बन्द भए पनि विशेष उडानबाट नेपाली नागरिक पठाइएको नेपाली दूतावासले जनाएको छ ।

‘कुवेतको हवाई क्षेत्र र कुवेत–काठमाडौं नियमित हवाई सेवा बन्द रहेको वर्तमान अवस्थामा विविध कारणले कुवेतबाट नेपाल फर्काइनुभएका डिपोर्टी नेपालीहरू र कुवेतमा मृत्यु भएका नाै नेपाली नागरिकको शव कुवेत एयरवेजको सहयोगमा राजदूतावासले बुधबार कुवेत एयरवेजको विशेष उडानमार्फत नेपाल पठाएको छ,’ नेपाली दूतावासले भनेको छ । विशेष विमान भैरहवा विमानस्थलमा अवतरण भएको थियो।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024